काठमाडौँ । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको छ ।
फ्लाइ दुबइको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाइ जानकारी गराइएको छ । दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुदैछ ।जहाज अहिले धादिङको धार्के माथीको आकासमा होल्ड गरिएको छ ।
जहाज ९ः३० मा दुबइका लागि उडेको थियो ।
संवाददाता । सोमबार, बैशाख ११, २०८० मा प्रकाशित