तनहुँ । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँमा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको जित निश्चित भएको छ । ७ हजार ५११ मत गणना गर्न बाँकी रहँदा वाग्लेले निकटतम् प्रतिस्पर्धीलाई १२,७६४ मतले पछि पारेका छन् ।
निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार वाग्लेले ३० हजार २०४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई १७,४४० मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका सर्वेन्द्र खनाल ७ हजार ९८८ मतका साथ तेस्रो स्थानमा छन् ।
यस क्षेत्रमा व्यास नगरपालिकाको ९, १० र ११ वडाको मतगणना गर्न बाँकी छ । यस क्षेत्रमा कुल ६५ हजार ८५ मत खसेकामा ५७ हजार ५७४ मत गणना भइसकेको छ ।
संवाददाता । मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित