Karnali Media
२०८३ भदौ १५ , सोमबार

एमाले कर्णालीद्वारा ओलीमाथी भएको आक्रमणको निन्दा



सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि बुधबार झापामा भएको आक्रमणको एमाले कर्णाली प्रदेश कमिटीले निन्दा गरेको छ।

प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले विहीबार विज्ञप्ती जारी गर्दै घटनामा सत्तापक्षकै कार्यकर्ताहरु संलग्न हुनुलाई नियोजित षडयन्त्रको संज्ञा दिएका हुन्।


अध्यक्ष ओलीमाथि झापाको वुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा कोशी प्रदेश नामकरणविरुद्ध आन्दोलन गरिरहेको उच्छृंखल समूहले आक्रमण गरेको थियो।

एमाले कर्णाली प्रदेश कमिटीले सत्तापक्षकै कार्यकर्ता समेतको नेतृत्वमा भएको घटनाको यथाशीघ्र छानविन गरी दोषिमाथि कारवाही गर्न र शान्ति सुरक्षाको विश्वसनीयता कायम गर्न सरकारसंग माग गरेको छ।

प्रकाशित मिति : २०८० वैशाख १४ गते बिहीबार