Karnali Media
२०८३ भदौ १५ , सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत



सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत पाएका छन् । आज कर्णाली प्रदेश सभाबाट मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत पाएका हुन् ।

४० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शर्मालाई नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी र एकजना स्वतन्त्र सांसद सहित २९ जना सांसदले विश्वासको मत दिएका छन् । नेकपा एमालेका ९ र राप्रपा १ गरि कुल १० जना सांसदले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएनन् ।


पुष २८ गते मुख्यमन्त्रीमा नियुक्त भएको मुख्यमन्त्री राजकुमार शर्माले पहिलो पटक माघ ६ गते विश्वासको मत लिएका थिए । सरकारमा सहभागि दल राप्रपाले समर्थन फिर्ता लिएपछि चैत १७ गते दोस्रो पटक विश्वासको मत लिएकोमा फेरी केन्द्रिय समिकरणमा आएको फेरबदल संगै नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागि मन्त्रीहरुले सामसहिक राजिनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिएका हुन् ।

प्रकाशित मिति : २०८० वैशाख १५ गते शुक्रबार