सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ ल (कानुन संकाय) कलेजमा नेपालको संघिय संसदीय अभ्यासमा आधारित “ल स्कुल नमुना संसद-२०८०” कार्यक्रम सम्पन्न भएको छ ।
कलेजमा चौथौ ब्याचमा अध्यानरत विद्यार्थीहरुले नमुना संसद वैशाख १४ र १५ गते आयोजना गरेका थिए । २ दिने नमुना संसद कार्यक्रममा विद्यार्थीहरूले नेपालको संघीय संसद को सम्पूर्ण काम, प्रक्रिया, विधेयक को मस्यौदा निर्माण देखि सभामा दर्ता, प्रस्तुत हुँदै विभिन्न छलफल (समिति, सैदान्तिक,दफाबार) मा हुने प्रक्रिया र विधेयक पारित हुने सम्मको प्रक्रिया लगायत संसद अधिवेशन आह्वान देखि अधिवेशन अन्त्य सम्मका सम्पूर्ण प्रक्रिया को अभ्यास गरेका थिए।
कार्यक्रममा उत्कृष्ट वक्ता, उत्कृष्ट अनुसन्धानकर्ता/खोजकर्ता र उत्कृष्ट नेतृत्वकर्ता लाई मेडल, प्रमाणपत्र र अन्य सम्पूर्ण सहभागीलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
संवाददाता । शनिबार, बैशाख १६, २०८० मा प्रकाशित