सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीलाई सम्मानजनक व्यवहार नगरेको बताएका छन् ।
आज (बुधबार) विरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताको दम्भ देखाउन थालेको बताएका हुन् । ‘माओवादी पार्टीको व्यहारबाट हाम्रा साथीहरु धेरै दुःखित् हुनुहुन्छ । दम्भ र घमण्डले रावण जन्मायो । अर्को रावण जन्माउने काम नगर्नुस्,’– प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै उनले भने ।
सबैलाई सम्मानजनक व्यवहार गरिनुपर्ने बताउँदै उनले भने, ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ । यसले गठबन्धन धरापमा पार्न सक्छ ।’
संवाददाता । बुधबार, बैशाख २०, २०८० मा प्रकाशित