Karnali Media
२०८३ असार १७ , बुधबार

काठमाडौंबाट सुर्खेतका लागि उडेको जहाज खराब मौसमका कारण नेपालगंज अवतरण



सुर्खेत । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगंज विमानस्थलमा अवतरण भएको छ ।

खराब मौसमका कारण सुर्खेत विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौबाट सुर्खेतका लागि उडेको जहाज नेपालगंज अवतरण भएको हो ।


बुद्ध एयर सुर्खेत विमानस्थलका अनुसार मोसमा समस्या आएपछि सुर्खेत विमानस्थलमा जहाज अवतरण गर्न नसकिने भएकोले नेपालगंज विमानस्थलमा अवतरण गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० वैशाख २० गते बुधबार