Karnali Media
२०८३ असार १२ , शुक्रबार

बढ्यो डेङ्गुको सङ्क्रमण



बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । जिल्लाको कोहलपुरमा पाँचजनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेङ्गुको सङ्क्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताए। उनका अनुसार कोहलपुर–२ का दुई, वडा नं ५, ११ र १४ का एक÷एक जनामा डेङ्गु सङ्क्रमण देखिएको हो ।​


उनीहरु सबैमा रोगको लक्षण देखिएको छ । अस्पतालका डा. रवि शर्मा वाग्लेले सङ्क्रमितलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिइरहेको बताए। उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

प्रकाशित मिति : २०८० वैशाख २१ गते बिहीबार