Karnali Media
२०८३ असार १७ , बुधबार

दैलेखको महाबु अस्पतालका स्वास्थ्यकर्मी माथी दुर्व्यवहार



दैलेख महाबु गाउपालिकाकाे महाबु अस्पतालले शुक्रबार साँझ तिर इमरजेन्सी ड्युटिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार भएको भन्दै अनिश्चीत समयका लागि सेवा बन्द गरेको छ ।

शुक्रबार साझ स्थानीय ३४ वर्षिय पुष्पा खनाललाई घरमा बेहोस भई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्याउदा समेत बेहोस नै रहेकी उनको स्वास्थ्यकर्मीहरुले उपचार गरिसकेपछी सामान्य अवस्थामा फर्किएकी थिइन ।

अस्पतालमा परिक्षण सबै सामान्य नै थियो । पछी अस्पतालमा उपलब्ध नहुने औषधि इन्जेक्सन डि ५% र डि.एन.एस सलाईन बाहिरबाट ल्याउन भनेपछी विबाद उत्पन्न भएको थियो । विरामिलाई सामान्य भइसकेपछी आफन्तले ड्युटिमा खटिएका मेडकल अधिकृत डाक्टर आकास कार्की स्वास्थ्यकर्मी हेल्थ असिस्टेन्ट प्रेम परियार,अ.न.मी.रेजीना सिंह र अ.न.मी.राधा थापालाई कोठामा थुनेर ताला लगाएका थिए ।

ताला लगाउनेमा विरामीका आफन्त प्रकाश खनाल, राम लक्ष्मण लगायत युवाहरु रहेका स्वास्थ्य शाखा महाबुका प्रमुख राजेश बुढाले जानकारी दिएका छन् ।


यसैगरी महाबु अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्था जस्तो अति संवेदनसिल क्षेत्रमा हुने अराजक,अमानविय व्यावहारको घोर भत्सना गर्दै पूर्ण सुरक्षाको ग्यारेन्टी सहित सहज रुपमा काम गर्ने वातावरण नभएसम्मका लागि अस्पतालको ईमरजेन्सी बाहेकाका सम्पूर्ण सेवा अनिश्चीत समयका लागि बन्द गरेको छ ।

दुर्ववहारको बिरोध गर्दै नेपाल स्वास्थ्यकर्मी संघ दैलेख र नेपाल निजामति कर्मचारी युनियनले समेत प्रेस विज्ञप्ति जारी गरेका छन् ।

स्वास्थ्यकर्मी संघ दैलेखले विज्ञप्ति मार्फत “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्वन्धि संशाेधित ऐन २०७९ बमाेजिम दाेषिलाई कानुनी कार्वाही गरिनु पर्ने दाेषी उपर कानुन बमाेजिम कार्वाही नभए थप आन्दाेलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएकाे छ । साथै थप आन्दोलन का लागि सम्पुर्ण चिकित्सक र स्वास्थ्यकर्मी लाई तयार अवस्थामा रहन पनि स्वास्थ्यकर्मी संघले विज्ञप्तिमा जनाएकाे छ ।

प्रकाशित मिति : २०८० वैशाख २३ गते शनिबार