Karnali Media
२०८३ भदौ १६ , मंगलबार

दैलेखको लोहोरे खोलामा डुबेर एकजनाको मृत्यु



दैलेख । दैलेखको लोहोरे खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो करिब २ बजेको समयमा जिल्लाको नारायण ७ भनभने स्थित लोहोरे खोलामा डुबेर नौमुले गाउँपालिका ८ चौराठा बस्ने अन्दाजि बर्ष १७ का खगेन्द्र नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


खोलामा डुबेर मृत्यु भएको अवस्थामा स्थानियले उद्दार गरी खोलाबाट निकालिएको भनी प्रहरीलाई खबर गरेपछी जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएर गएको प्रहरीको टोलीले मुचुल्काको कार्य सम्पन्न गरी उक्त लासको पोष्टमाटमको लागी जिल्ला अस्पताल दैलेखमा पठाईएको छ ।

प्रकाशित मिति : २०८० वैशाख २३ गते शनिबार