Karnali Media
२०८३ जेठ २८ , बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गरियोस् : ज्ञानेन्द्र शाही



सुर्खेत । नक्कली भुटानी सरणार्थी प्रकरणमा संलग्न रहेका सबैलाई कारबाही गर्न सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।

प्रतिनिधी सभा बैठकमा बोल्दै राप्रपा सांसद शाहीले नागरिकलाई नक्कली शरणार्थी बन्न बाध्य पार्ने दलहरुले उनीहरूलाई कारबाही गर भन्ने भन्दै प्रश्न उठाएका थिए । शाहीले भने, ‘एउटा नागरिकलाई बाध्य पारेर नागरिकता त्यागेर ५०–५० लाख तिरेर शरणार्थी बन्न बाध्य पारिएको छ । शरणार्थी बन्न बाध्य पार्ने यी दलहरू अहिले तिनीहरूलाई उल्टो तिनीहरूलाई कारबाही गर्नुपर्छ भन्ने, जोजो संलग्न छन् तिनीहरूलाई कारबाही गरियोस् । जसले भुटानी शरणार्थी बनाउन बाध्य पारे तिनीहरूलाई कारबाही होस् ।’


प्रकाशित मिति : २०८० वैशाख २४ गते आइतबार