Karnali Media
२०८३ भदौ २२ , सोमबार

सेनाका लागि हतियार किन्ने निर्णय भएको छैन : रक्षामन्त्री खड्का



सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले नेपाली सेनाका लागि हातहतियार खरिद गर्ने निर्णय नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू मन्त्री बनेदेखि हतियार किन्ने निर्णय नभएको भएका हुन् ।


हातहतियार बन्दोबस्तोमा आफ्नो नाम पनि मुछिएपछि मन्त्री खडकाको प्रतिक्रिया आएको हो । ‘केही दिन देखि मेरो नाम समेत जोडेर केही सञ्चार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खडकाले भनेका छन्, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धी कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहन्छु ।’

प्रकाशित मिति : २०८० वैशाख २५ गते सोमबार