Karnali Media
२०८३ जेठ २५ , सोमबार

आजदेखि कक्षा १२ को परीक्षा सुरु



कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा सञ्चालन हुने छ ।

एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।


जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरुले फारम भरेका छन् ।

प्रकाशित मिति : २०८० वैशाख २६ गते मंगलबार