Karnali Media
२०८३ जेठ २५ , सोमबार

सुर्खेतको पञ्चपुरीबाट भरुवा बन्दुक सहित ३ जना पक्राउ



सुर्खेत । सुर्खेतमा भरुवा बन्दुक सहित तीन जना पक्राउ परेका छन् ।

जिल्लाको पञ्चपुरी नगरपालिका वडा नम्बर १० बच्छी स्थित सिकारी टोलमा भरुवा बन्दुक लुकाएर राखेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तातापानी सुर्खेतबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले ३ नाल भरुवा बन्दुक सहित बिहिबार ३ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका १० बस्ने ४५ बर्षीया जगत बहादुर खत्री, ५६ बर्षीया हस्त बहादुर नेपाली र ६० बर्षिया टेक बहादुर बयक रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० वैशाख २९ गते शुक्रबार