Karnali Media
२०८३ भदौ १७ , बुधबार

भष्ट्राचार विरूद्ध राप्रपा सुर्खेतको प्रर्दशन, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र



सुर्खेत । नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार बिरुद्द निस्पक्ष छानबिन गरि कारबाहीको दायरामा ल्याउन सरकार सँग माग गर्दै राप्रपा सुर्खेतले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएको छ। वीरेन्दनगर सुर्खेतमा भ्रष्टचार विरुद्ध प्रर्दशन पछि प्रमुख जिल्ल अधिकारी नारायण प्रसाद सापकोटा मार्फत सरकारलाई राप्रपा सुर्खेतले ज्ञापन पत्र बुझाएको हो ।

राप्रपा पार्टी कार्यालय अगाडी भेला भएर भष्ट्राचार विरूद्ध को नाराजुलुस प्रदर्शन गर्दै कुनैपनि हालतमा दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राप्रपाले भष्ट्राचारी होशियार, कालोबजारी होशियार, गणतन्त्र चाहिदैन, देश बेच्न पाइदैन, संघियता खारेज गर लगायत नारा सहित शान्तिपूर्ण प्रदर्शन गरेको थियो।


कार्यक्रममा राप्रपा का केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरी, जिल्ला अध्यक्ष कबिराम पुरी, केन्द्रीय सदस्य जनक सिंह लगायतका नेताहरुको सहभागिता पनि रहेको थियो ।

प्रकाशित मिति : २०८० वैशाख २९ गते शुक्रबार