भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ९ रूपैयाँ र डिजेलमा ८ रूपैयाँ घटेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । उनका अनुसार घटेको मूल्यअनुसार नेपालमा पनि मूल्य समायोजन हुन सक्छ ।
आयाल निगमले भातरबाट घटेर आएको इन्धनको मूल्यलाई निगम सञ्चालक समितिको बैठकमा समीक्षा गरेर घटाउन सक्ने छ ।
जनतालाई पेट्रोलियम पदार्थमा राहत दिन पनि आयल निगमले भोलिसम्ममा केही निर्णय गर्न सक्ने निगम स्रोतले जानकारी दिएको छ ।
भारतले हरेक १५ दिनमा इन्धनको नयाँ मूल्य पठाउने गरेको छ । घटेर आउँदा घटाउने र बढ्दा बढाउने गरिएको भए पनि नेपालमा आयल निगमको घाटा पूर्ति गर्नका लागि मूल्य घटेर आएको बेला मूल्य समायोजन नगरिएको निगमको भनाइ छ ।
संवाददाता । मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित