Karnali Media
२०८३ जेठ २८ , बिहीबार

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर हुने



प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ ।

त्यसका लागि सांसदहरुले सभामुखसमक्ष प्रश्नोत्तरका लागि लिखित जानकारी समेत गराइसकेका छन् । संसद सचिवालयका अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि १५ सांसदलाई समय प्रदान गरिनेछ ।


सोहीअनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने छन् ।

साथै बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : २०८० जेठ ४ गते बिहीबार