Karnali Media
२०८३ साउन ५ , मंगलबार

छोटो अवधिमा अर्थतन्त्र लयमा फर्कियो : राष्ट्रपति



सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा आर्थिक परिसूचक सकारात्मक रहेको जनाएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशी मुद्रा सञ्चिती बढेको बताउँदै आर्थिक परिसूचक सकारात्मक रहेको बताए।


‘आर्थिक परिसूचक सकारात्मक भएको छ। अर्थतन्त्र लयमा फर्केको छ। विदेशमा रहेका नेपाली सामाजिक सुरक्षा कोषामा आबद्ध हुने प्रक्रिया सुरु भएको छ । राजश्व चुहावटलाई कम गर्न सरकारले प्रयास गरिएको छ,’ उनले भने।

निर्वाचन सफलता पूर्वक सम्पन्न गराउने निर्वाचन आयोग र नागरिकलाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति : २०८० जेठ ५ गते शुक्रबार