काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताएका छन् ।
नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज १६ औँ गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो विचार व्यक्त गरेका हुन् । यस्तै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास भएको स्पष्ट समेत पारे ।
सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको हो । सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको छ ।
संवाददाता । सोमबार, जेठ १५, २०८० मा प्रकाशित