Karnali Media
२०८३ जेठ २६ , मंगलबार

आर्थिक वर्ष ०८०/८१ बजेट भाषण सुरु



काठमाडौं । आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुतका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सुरु भएको छ ।

बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आव ०८०/८१ को बजेट प्रस्तुत गरिरहेका छन् । बजेट प्रस्तुतअघी सिंहदरबारमा अनुमोदनका लागि मन्त्रिपरिषद्‌ बैठक बसेको थियो ।


बजेट वक्तव्य सुन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख संसद् भवन नयाँबानेश्वर आएका छन् । यस्तै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सका प्रमुख एवं पदाधिकारी पनि सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार