सुर्खेत। कर्णाली प्रदेश सरकारले ल्याउँदै गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथी सुझाव दिनका लागि प्रि बजेट छलफल कार्यक्रम सम्पन्न भएको छ।
कर्णाली प्रदेशमा आर्थिक तथा नीतिगत विषयमा अध्ययन अनुसन्धान बहस तथा पैरवी गर्दै आइरहेको संस्था ऋति फाउण्डेसनले बुधबार वीरेन्द्रनगरमा उक्त प्रि-बजेट छलफल कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, कर्णाली प्रदेश सभा सदस्यहरु रणसिंह परियार र देवेन्द्रबहुर शाहीको सहभागिता रहेको थियो । कार्यक्रममा सरकारी कर्मचारी, नीजि क्षेत्र तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरुले कर्णाली प्रदेश सरकारलाई आगामी बजेटका लागि सुझावहरुरु प्रदान गरेका छन्। सहभागीहरुले प्रदेश सरकारले तथ्यांक केन्द्र स्थापनाका लागि आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहलाइ सुझाव दिएका छन्। सहभागीहरुले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजनाहरुलाई कम गर्नसमेत सुझाव दिए। छलफलमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले प्रदेश सरकारले लगानी र उद्यमशीलताका लागि वातावरण सिर्जना गर्ने वजेट ल्याउन सुझाव दिए।
कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री सिंहले छलफलबाट आएका सुझावहरु प्रदेश सरकारले आगामी बजेटका लागि कार्यान्वन गर्ने प्रतिवद्धता गरे। उनले आगामी बजेटमा टुक्रे योजनाहरु कम गर्ने प्रतिवद्धता व्यक्त गरे।
संवाददाता । बुधबार, जेठ १७, २०८० मा प्रकाशित