Karnali Media
२०८३ भदौ ८ , सोमबार

गगन थापाको आक्रोस—सभापति देउवाले एकलौटी निर्णय गरिरहनुभएको छ, म सहन्नँ



नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर जनचाँसोको निर्णय गरेको र ती निर्णयहरू पार्टी सभापति शेरबहादुर देउवा एक्लैले गरेको बताएका छन्।

शुक्रबार नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन्।


उनले भने, ‘कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर र जनचासोको निर्णयहरू गर्‍यो । आममाफी, नागरिकता र सांसद विकास कोषजस्ता कैयौँ विषयका सन्दर्भमा पार्टी सभापति एक्लैले गरेको हो।’

थापाले सो निर्णय गर्नुअघि सभापति देउवाले पार्टीमा कुनै छलफल नगरेको दाबी गरे। आफूले पछि मात्रै थाहा पाएको उनले दाबी गरे।

प्रकाशित मिति : २०८० जेठ १९ गते शुक्रबार