Karnali Media
२०८३ जेठ २८ , बिहीबार

गगन थापालाई देउवाको जवाफ— एउटा व्यक्तिलाई गाली गरेर पार्टी बन्दैन, काम गर्नुस्



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। शनिबार कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताउँदै देउवाले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको पनि बताए। ‘गाली गरेर कहाँ पार्टी बन्छ। लडाई गर्ने होरु अफ्ठ्यारोमा गयो भने के गर्ने। अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ,’ सभापति देउवाले भने, ‘अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन। एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन। सबै एक भएर गए पार्टी बलियो हुन्छ।’

उनले पार्टीमा अब युवा पुस्ताकै पालो भएको पनि बताए। उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे। पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने पनि उनले बताए।


उनले आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आ–आफूले सहयोग गर्ने मात्रै रहेको बताए।

सम्बन्धित समाचार—  गगन थापाको आक्रोस—सभापति देउवाले एकलौटी निर्णय गरिरहनुभएको छ, म सहन्नँ

प्रकाशित मिति : २०८० जेठ २० गते शनिबार