Karnali Media
२०८३ असार ११ , बिहीबार

कालिकोटमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु



कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको रास्कोट नगरपालिका २ सेरा बजारमा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जिप एक्कासि ब्याक भई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा रास्कोट नगरपालिका १ का ४३ वर्षीय मानबहादुर शाही र सोही ठाउँकी ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको छ । जिप न्युट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको बताइएको छ ।


यस्तै दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही गम्भीर घाइते भएकी छन् ।

जिप सेरा बजारबाट कालीकोट सदरमुकाम मान्मतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सर्वराज बमले जानकारी दिए ।

प्रकाशित मिति : २०८० जेठ २५ गते बिहीबार