सुर्खेत । कालिकोट जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। गए राती १२:३० बजेतिर कालिकोटको चिसापानीस्थित बेहुली पान्तडी सडक खण्डमा जिप दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेमा शुभकालिका गाउँपालिका-२ भर्ताका ३० वर्षका गाडी चालक हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय गोपाल सलामी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिप शुभकालिका गाउँपालिका-६ चिसापानीस्थित बेहुली पान्तडी सडक खण्डमा चौकी बजारदेखि हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जिप दुर्घटना भएको हो ।
संवाददाता । आइतबार, जेठ २८, २०८० मा प्रकाशित