कर्णाली प्रदेश सरकारले दैलेखको दुल्लु दरबार र जाजारकोट दरबारको विकास तथा संरक्षणका लागि पहल गर्ने भएको छ । प्रदेशको आर्थिक बर्ष २०८०–८१ को नीति बजेट सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारले दुल्लु दरबार र जाजारकोट दरबारको संरक्षण र विकासका लागि आवश्यक पहल गर्ने जनाएको छ ।
कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बेदराज सिंहले यस्तो बताएका हुन् ।
प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार










