Karnali Media
२०८३ असार ९ , मंगलबार

मूल्य नपाएपछि व्यापारीहरुले सडकमै फाले गोलभेंडा



उचित मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारका व्यापारीहरुले सडकमै गोलभेंडा फालेर विरोध जनाएका छन्। बजारमा भारतबाट आयातित तरकारी तथा गोलभेंडाले गर्दा नेपाली किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेका हुन्।

व्यापारीले बजार मूल्य नपाएपछि किसानले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गर्दै विरोध जनाएका हुन्।


हाल भारतीय गोलभेँडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको तर, नेपाली टनेलको गोलभेँडा ६ रुपैयाँ केजीमा ब्रिकी नभएको भन्दै व्यापारीले सडकमा गोलभेँडा फ्यालेर विरोध गरेका हुन्।

यसरी किसान र व्‍यपारीहरूले सडकमै तरकारीजन्य सामग्रीहरू फालिएको विषयमा संसद् बैठकमा पनि आवाज उठेको छ। कृषि मन्त्रालयले समयमै ध्यानाकर्षण गरी सम्बन्धित समस्या समाधान गर्नुपर्नेमा सांसदहरूले जोडदार आवाज उठाएका छन्।

प्रकाशित मिति : २०८० असार ३ गते आइतबार