दैलेख । दैलेखको दुल्लु नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि कुल ९२ करोड ८३ लाख ५६ हजार २७ रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमध्ये चालुतर्फ ७० करोड १० लाख ९३ हजार र पुजिगततर्फ २२ करोड ७२ लाख ६३ हजार २७ रुपैयाँ विनियोजन गरेको हो ।
दुल्लु नगरपालिकाका भित्र रहेका १३ वटा वडाहरुमा न्यूनतम अनुदान, जनसंख्या, भुगोल र राजश्व उठाउन सक्ने क्षमताको आधारमा नगरपालिकाले वडा स्तरिय योजना कार्यान्वयनको लागि कुल ८ करोड ४० लाख रकम विनियोजन गरेको छ । जसमा पुँजिगत तर्फ ७ करोड ६२ लाख र कार्यालय व्यवस्थापन र प्रसाशनिक खर्च तर्फ प्रतिवडा ६ लाखका दरले ७८ लाख रकम विनियोजन गरेको छ ।
दुल्लु नगरपालिकाले वडाहरुमा सबैभन्दा धेरै रकम नगरपालिकाको वडा नम्बर ६ का लागि ७३ लाख रकम विनियोजन गरेको छ । यस्तै वडा नम्बर ११ को लागि ७२ लाख, वडा नम्बर १३ को लागि ७१ लाख, वडा नम्बर ३ को लागि ७० लाख, वडा नम्बर ९ को लागि ६७ लाख, वडा नम्बर ५ र ८ का लागि समान ६६ लाख, वडा नम्बर १० को लागि ६४ लाख, वडा नम्बर १ को लागि ६३ लाख, वडा नम्बर २ को लागि ६२ लाख, वडा नम्बर १२ को लागि ६१ लाख, वडा नम्बर ४ को लागि ५७ लाख र वडा नम्बर ७ को लागि ४८ लाख रकम विनियोजन गरेको छ ।
यस्तै नगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने र प्रत्येक बर्ष ५२ जना विद्यार्थीहरुलाई निःशुल्क छात्रवृति दिने कार्यक्रमलाई निरन्तरता दिएको नगरप्रमुख भरत रिजालले जानकारी दिए । उनले भने, दुल्लु नगरपालिकाको आवश्यकता र सम्भावनालाई मध्यनजर गरेर बजेट ल्याएका छौ । यसबाट दुल्लु नगरपालिका र दुल्लुबासीको आर्थिक, सामाजिक तथा शैक्षिक गुणस्तरमा सुधार हुने अपेक्षा लिएका छौ ।
साथै दुल्लु नगरपालिकाले बजेटमार्फत दिगो विकासका अवधारणा अवलम्बन गर्दै प्रयोगकर्तामैत्री पूर्वाधार निमार्ण, सामाजिक सचेतना, सुशासन प्रवद्र्धन, उत्पादन र उत्पादकत्व बृद्धि, धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसार, प्रविधिमैत्री, सिपमुलक, आयमुलक तथा जिवनोपयोगी शिक्षा, वातावरण संरक्षण तथा विपद, जोखिम व्यवस्थापन, स्वास्थ्य सेवामा नागरिकको पहुच बृद्धिका लागि स्वास्थ्य पूर्वाधार र आन्तरिक आयमा बृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
पूर्णपाठः
संवाददाता । सोमबार, असार ११, २०८० मा प्रकाशित