Karnali Media
२०८३ भदौ १८ , बिहीबार

रक्षामन्त्री खड्काको घोषणा—एक महिनाभित्र एनआरएनए नागरिकता वितरण सुरू गर्ने



उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले एक महिनाभित्र एनआरएनए नागरिकता वितरण सुरू गर्ने घोषणा गरेका छन्।

शुक्रबार उनले एक कार्यक्रममा बोल्दै एक महिनाभित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण प्रकिया सुरू गर्ने घोषणा गरेका हुन्।


उनले भने, ‘एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौं। एनआरएनलाई सहज हुने गरि परिवर्तन गर्नु पर्ने नियम कानून परिवर्तन गरिन्छ। गर्नुपर्ने काम रोकिँदैन।’

 

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रबार