Karnali Media
२०८३ असार १७ , बुधबार

गुल्सन झाको सानदार अर्धसतकमा नेपालले दियो टेस्ट राष्ट्र आयरल्यान्डलाई २ सय ६९ रनको चुनौती



आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले बलियो टोली आयरल्यान्डसामु २६९ रनको चुनौती पेश गरेको छ ।

जिम्बाब्वेको हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन जोडेको हो । नेपालका लागि गुल्सन झाले ५७, अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहित पौडेलले २९ तथा भीम सार्कीले २० रनको योगदान गरे ।


कुशल भुर्तेल ८ र ज्ञानेन्द्र मल्ल ७ रन जोडेर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले रनको खाता नै खोल्न सकेनन् । किशोर महतोले १ रन जोडे । शीर्ष ६ भित्र पर्न नसकेका टीमहरूको प्लेअफअन्तर्गत पहिलो खेल जितेर नेपाल र आयरल्यान्डले प्रतिस्पर्धा गरेका हुन् ।

प्रकाशित मिति : २०८० असार १९ गते मंगलबार