देलेख । दुल्लु नगरपालिका पछिल्लो समय क्षयरोगका बिरामी खोज्न सक्रिय देखिएको छ । साथै पछिल्लो समयमा दुल्लु नगरपालिकाका जनतालाई स्वास्थ्य क्षेत्रमा परिवर्तन र सुविधा भएको महसुस गराउन दुल्लु अस्पताल दैलेखका प्रमुख डा.राजन नारायण नकर्मी पछिल्लो समयमा अस्पतालको सल्यक्रिया कक्ष देखी फिल्ड सम्मको काममा पूर्ण सक्रिय भएका छन् ।
बिहीवार दुल्लु नगरपालिका स्वास्थ्य शाखाले दुल्लु नगरपालिका वडा नम्बर ३ नेपा स्वास्थ्य चौकीमा आयोजना गरेको क्षयरोगका विरामी खोजपडताल अभियान अन्तरगतको कार्यक्रममा डा. नकर्मी क्षयरोगका सम्भावित विरामी खोज्दै त्यहाँ सम्म पुग्नेका थिए । डा. नकर्मीले नेपा स्वास्थ्य चौकीमा आएका जम्मा ८० जना क्षयरोगका संकास्पद विरामीहरूको स्वास्थ्य परिक्षण पछि त्यस मध्येका १९ जना संभावित विरामीको खकारको नमुना संकलन गरेका थिए ।
विश्व स्वास्थ्य संगठनले सन २०३० सम्म क्षयरोग मुक्त विश्व वनाउने लक्ष्य राखे अनुसार नेपाल सरकारले पनि देशभर यससँग सम्बन्धित विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । आज भएको उक्त कार्यक्रममा दुल्लु नगरपालिका वडा न ३ का वडा अध्यक्ष कुल बहादुर कार्की, दुल्लु अस्पतालका प्रमुख डा. राजन नकर्मी, ल्याव असिस्टेन्ट विपिन खड्का, जन स्वास्थ्य निरिक्षक मिलन खड्का, अमृत विश्वकर्मा, दुल्लु नगरपालिका क्षयरोग नियन्त्रण फोकल पर्सन प्रदिप चालिसे लगायत महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो । साथै क्षयरोग नियन्त्रणको अभियानको क्रममै भोली असार २२ गते दुल्लु नगरपालिका वडा नं १३ को मालिका स्वास्थ्य चौकीमा क्षयरोगका संकास्पद विरामीको खोजपडतालको लागी खकारको नमुना संकलन कार्यक्रम संचालन हुने दुल्लु नगरपालिका स्वास्थ्य शाखा क्षयरोग निवारण फोकल पर्सन प्रदिप चालिसेले जानकारी दिए ।
संवाददाता । बिहिबार, असार २१, २०८० मा प्रकाशित