Karnali Media
२०८३ भदौ १८ , बिहीबार

दैलेखमा विषालु च्याउ खादा ४ जना बिरामी



दैलेख । दैलेखको महावु गाउँपालिका–२ मा विषालु च्याउ खादा ४ जना बिरामी परेका छन्। विषालु च्याउ खादा महावु–२ डुङ्ग्री बस्ने मान बहादुर कामिका छोरा १८ वर्षीय गणेश कामी, १३ वर्षीय धर्मराज कामी, ९ वर्षीय तिलक कामी र १५ वर्षीय छोरी भगवती कामी बिरामी परेका प्रहरीले जनाएको छ।

दैलेख प्रहरीका अनुसार विषालु च्याउ खादा बिरामी परेका ४ जना मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको जनाएको छ। ४ जना मध्ये गणेश कामी, धर्म कामी तिलक कामीको अवस्था चिन्ताजनक रहेको प्रहरी प्रमुख किशोर लम्सालले बताए।


विषालु च्याउ खादा बिरामी परेकी १५ वर्षीय भगवती कामीको अवस्था सामान्य रहेको जनाइएको छ। उनीहरूको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार सम्भव नभए पछि थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिबार