सुर्खेत । पैसा लुटेको आरोपमा वीरेन्द्रनगर नगरपालिका वडा नं- ३ का वडाअध्यक्ष विनोदसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
खोर्केखोला तटबन्ध उपभोक्ता समितिले वडाअध्यक्ष विष्टसहित तीन जनाले ६ लाख ५० हजार लुटेर लिएको भन्दै शुक्रबार प्रहरीमा जाहेरी दिएको थियो । जाहेरीका आधारमा आज आइतबार जिल्ला प्रहरी कार्यलय सुर्खेतले उनलाई पक्राउ गरेको हो ।
उक्त उजुरीका आधारमा शुक्रवार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले जानकारी दिए । वडाध्यक्ष विष्टमाथी थप अनुसन्धान भइरहेको शाहीको भनाई छ ।
संवाददाता । आइतबार, असार २४, २०८० मा प्रकाशित