Karnali Media
२०८३ असार १७ , बुधबार

दुर्घटनाग्रस्त अवस्थामा मनाङ एयरको हेलिकोप्टर फेला, ५ जनाको शव भेटियो



मंगलबार बिहान बेपत्ता भएको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको 9N–AMV कलसाइन हेलिकोप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको थियो। उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। दुर्घटनामा पाँच जनाको शव फेला परेको छ।


सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान नभएको बताए।

प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार