Karnali Media
२०८३ कात्तिक २३ , आइतबार

कर्णाली नदिमा पौडी खेल्ने क्रममा बगेर एकजना बेपत्ता



दैलेख । कर्णाली नदिमा पौडी खेल्ने क्रममा बगेर एकजना बेपत्ता भएका छन्।

दैलेख दुल्लु नगरपालिका ३ बेदघाट स्थित कर्णाली लिप्टिङ खानेपानी योजना नजिकै कर्णाली नदिमा पौडी खेल्ने क्रममा बुधबार दिउँसो साढे १ बजेको समयमा अन्दाजी २२ बर्षिया अर्जुन थारु बेपत्त भएका हुन।


कर्णाली लिप्टिङ खानेपानी योजनामा काम गर्ने बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर ९ घर भएका अन्दाजी बर्ष २२ का अर्जुन थारु कर्णाली नदिमा पौडी खेल्ने क्रममा नदिले बगाई बेपत्ता भएको भनि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २७ गते बुधबार