Karnali Media
२०८३ असार १७ , बुधबार

गोरेटो रेष्टुरेन्टको बार्षिक उत्सवः १० प्रतिशत छुट सहित विशेष कार्यक्रम र फुटशल प्रतियोगिता हुँदै



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ गोदामलाईन फुटशल रोडमा रहेको गोरेटो फ्याम्ली रेष्ट्रो एण्ड लाइभ म्युजिक बारले आफ्नो पहिलो बार्षिक उत्सवको अवसरमा विभिन्न अफर तथा कार्यक्रमहरु आयोजना गर्ने भएको छ।

यही असार २९, ३० र ३१ गते तीन दिन बार्षिक उत्सव मनाउने गोरेटो फ्याम्ली रेष्ट्रो एण्ड लाइभ म्युजिक बारले बार्षिक उतसवका अवसरमा नयाँ मेनु सार्वजनिक गर्ने जनाएको छ । साथै आफ्ना ग्राहकहरुलाई बार्षिक उत्सव अबधिभर १० प्रतिशत छुट दिनुका साथै फुटशल प्रतियोगितामा विजयीलाई आकर्षक पुरस्कार पनि वितरण गरिनेछ ।


वार्षिक उत्सवमा गोरेटो लाइभ म्युजिक बारमा विशेष सांगितीक कार्यक्रम पनि गरिनेछ। सांगितीक प्रस्तुतिका लागि चर्चित गायक विनय कार्की, गायिका सरु राई र गोरेटो व्यान्डको विशेष प्रस्तुती रहेछ।

गारेटो बारको २०७९ साल असार ३० गते तत्कालिन मुख्यमन्त्री जीबन बहादुर शाहीले उद्घाटन गरेका थिए।

प्रकाशित मिति : २०८० असार २८ गते बिहीबार