Karnali Media
२०८३ भदौ १८ , बिहीबार

दैलेखमा झिल्के खोलाले बगाउँदा एकजनाको मृत्यु



दैलेखमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। नौमुले गाउँपालिका ८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको मृत्यु भएको हो।

बिहीबार दैलेख बजारबाट घर फर्किने क्रममा बाटोमा पर्ने खोलामा चिप्लिएर लड्दा झिल्के खोलाले बगाउँदा उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।


नेपाली सेनामा भर्ती भएका कान्छो छोरालाई सदरमुकामसम्म पुर्‍याएर घर फर्किँदा उक्त घटना भएको जनाइएको छ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार