Karnali Media
२०८३ साउन २५ , सोमबार

आज साउने संक्रान्ति पर्व मनाइँदै



आज साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। ​

साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको महत्त्व छ। आज साँझ घरघरमा लुतो फ्याँक्ने पनि चलन छ ।

अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति ल्याएर साँझ अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ।


कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ। यता आज औँसी तिथि र सोमबार एकै दिन परेको दिन सनातन धर्मावलम्बीले सोमबारे औँसी पनि मनाउँछन्।

यस्तो संयोग परेको दिनलाई ‘मौनी औँसी’ पनि भनिन्छ ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमबार