नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवाको कुशलताका कारण एमाले–माओवादी नेतृत्वको गठबन्धन भत्काएर आफ्नो दलको नेतृत्वमा नयाँ गठबन्धन बनाउन सकेको बताएका छन् । उनले सभापति देउवासहित नेताहरुको कुशलतापूर्वक कदमको कारण पार्टी संघ र प्रदेशमा सरकारको नेतृत्वमा फर्किएको बताए ।
आजबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेट ल्याउने र सरकार सञ्चालनको सम्बन्धमा सभापति देउवासहित नेताहरुको सल्लाहमा नै काम गरिरहेको स्पष्ट पारे । उनले आफूहरुले आम मतदाताहरुको भावनालाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।
उनले काम गर्दाको यो साँढे तीन महिनाको अवधिका कमिकमजोरी भएर सुझाव दिन आग्रह पनि गरे । उनले अहिले मुलुकको अर्थतन्त्र प्रतिकुल अवस्थामा रहेको सुनाए । उनले सरकारले ऋणात्मक अवस्थामा काम गरिरहेको बताए । उनले सरकारले अर्थतन्त्र सुधार गर्ने कोशिस गरिरहेको बताए । बजेट निर्माण गर्ने सम्बन्धमा कतिपय सन्दर्भमा अप्ठ्यारोहरु भएको पनि उनको भनाई छ । उनले सकारात्मक सोचका साथ मुलुकको यथार्थलाई साथमा राखेर बजेट ल्याईएको बताए ।
संवाददाता । मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित