Karnali Media
२०८३ असार १७ , बुधबार

दैलेखमा ट्याक्टर दुर्घटनामा गम्भिर घाइते भएका १९ बर्षिया शर्माको निधन



दैलेख । गत जेठ ३१ गते दैलेखको तल्लो डुंगेश्वरबाट दुल्लुतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुदाँ घाइते भएका एक जनाको निधन भएको छ। शुक्रबार विहान उपचारका क्रममा दुल्लु नगरपालिका–५ बस्ने बर्ष १९ का भरत शर्माको निधन भएको हो।

करिब एक महिना अघि जेठ ३१ गते तल्लो डुंगेश्वरबाट दुल्लुतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिकाको वडा नम्बर १ गाडापानीमा दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते दुल्लु नगरपालिका–५ का १९ वर्षीय भरत शर्माको उपचारको क्रममा शुक्रबार विहान मृत्यु भएको हो।


दुर्घटनामा एकजनाको यसअघि नै मृत्यु भइसकेको छ। चालक अझैपनि फरार रहेका छन्।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रबार