Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेतमा खुल्दै काठमाडौंकै ख्यातीप्राप्त फेसियल हाउसको शाखा



सुर्खेतका युवा व्यापारीहरु विशाल ढकाल लगायत उपेन्द्र खडका, डम्मर गौतम सहितको टिमले काठमाडौंमा रहेको ख्यातिप्राप्त फेसियल हाउसको शाखा सुर्खेतमा असोज २१ गतेबाट शाखा सञ्चालनमा ल्याउनुहुने भयको छ ।

शाखाको असोज २१ गते घटस्थापनाको दिन उद्घाटन हुने छ ।
करिब १३ वर्ष देखि काठमाडौं लगायत पोखराबाट समेत सेवा दिईरहेको चर्चित फेसियल हाउसको शाखा बिरेन्द्रनगर सुर्खेतको लक्ष्मिहल नजिकैबाट सञ्चालनमा आउने भएको छ ।
शाखाका सञ्चालक विशाल ढकालले उच्च प्रबिधिको फेसियल हाउस कर्णाली मा नभयको दाबी गर्दै यहाँका नागरिकहरुका लागी फेसियल सम्बन्धि रिसर्चसहितको ब्यबस्था गरि उपयुक्त र गुणस्तरीय रुपमा सेवा दिन उक्त फेसियल हाउस सञ्चालनमा ल्याईएको बताउनुभयो
। शाखाबाट हेयरकटिङ्ग,कलरिङ्ग लगायत फेसियल सम्बन्धी सम्पुर्ण सेवा को सुविधा लिन सकिने बताउनु भएको छ।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमबार