Karnali Media
२०८३ भदौ १८ , बिहीबार

देउवाले समयको ख्याल गर्न भनेपछि खड्काले भने ‘सरी सभापतिज्यू’



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई धारणा राख्दै गर्दा समय ख्याल गर्न भनेका छन्।

सोमबार केन्द्रीय समितिमा उपसभापति खड्काले बोलेका थिए।

‘एक घन्टा बोलिसक्नुभयो,’ खड्कालाई देउवाले भने, ‘बोल्नुस्-बोल्नुस्।’ खड्काले आफूले अझै केही कुरा राख्न चाहेको बताएका थिए।

सभापति देउवाले एक घन्टा बोल्नुभयो भन्दा उपसभापति खड्काले भने, ‘एक घन्टा भयो र? सरी सभापतिज्यू।’


कांग्रेस आफ्नो एजेन्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको खड्काको भनाइ छ।

कांग्रेसले केन्द्रीय सदस्यलाई ७ मिनेटभित्र धारणा राख्न समय दिएको थियो। सहमहामन्त्रीबाहेक पदाधिकारीहरूलाई भने धेरै समय बोल्न दिइएको छ।

खड्काले अन्तिममा भने- सभापतिज्यू, अलि बढी समय लिए, क्षमा चाहन्छु।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमबार