Karnali Media
२०८३ भदौ १२ , शुक्रबार

सुर्खेतको भेरीगंगाबाट ३७ पोका अबैध सुपर पावर सुर्ती प्रहरी नियन्त्रणमा



सुर्खेत । नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको ३७ पोका अबैध सुपर पावर सुर्ती प्रहरीले बरामद गरेको छ ।


सुर्खेतको भेरीगंगा नगरपालिका–१०तोलीखोला पुल स्थित नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको कर्णाली प्रदेश ०२००ख८१६ नम्बरको फोर्स गाडिलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट ड्युटीमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको ३७ पोका सुपर पावर सुर्ती बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहीबार