नेपालले पछिल्लो एक वर्षमा विभिन्न देशबाट एक अर्ब ११ करोड ६१ लाख १९ हजार रुपैयाँको काजु र बदाम आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९र०८० मा १६ लाख ४५ हजार ८९८ केजी काजु र बदाम नेपाल भित्रिएको हो ।
२०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा ५६ करोड ७ लाख ४१ हजार रुपैयाँको आठ लाख ५७ हजार ६२७ केजी काजु र ५५ करोड ५३ लाख ७८ हजार रुपैयाँको सात लाख ८८ हजार २७१ केजी बदाम नेपाल भित्रिएको छ ।
नेपालले चीन, भारत, मोजाम्बिक, कतार, सिंगापुर, युनाइटेड अरब इमिरेट्स, भेनेजुएला, भियतनाम, बेनिन, नाइजेरिया र अमेरिकाबाट काजु र बदाम आयात गर्ने गरेको छ ।
संवाददाता । शुक्रबार, साउन १२, २०८० मा प्रकाशित