विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको हो ।
देशभरका विभिन्न अस्पताल, नेपाल आँखा अस्पताललगायत देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको छ । पछिल्लो समय अस्पतालमा आँखाका औसतभन्दा धेरै विरामीहरु उपचारका लागि आएको अस्पतालहरुले जनाएका छन् । भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेकोले धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरू अस्पताल आउने गरेको डाक्टरहरुले बताएका छन् ।
डाक्टरहरुका अनुसार आँखा पाक्ने ब्याक्टेरियाको कारणले पनि हुन्छ । तर, जुन समुदायमा इपिडिमिक रूपमा फैलिन्छ । त्यो चाहिँ भाइरल इन्फेक्शनले गर्दा फैलिन्छ । धेरैजसोमा इडीनोभाइरल भन्ने भाइरस हुन्छ । आँखा पाक्ने साथै रुघाखोकी, ज्वरो पनि आउन सक्छ । कतिपय व्यक्तिमा भाइरल ज्वरो, भाइरल रुघाखोकी हुन्छ ।
आँखा रोग विशेषज्ञहरूले कुनै पनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याइ गर्न नहुने भन्दै आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकिच्सकको परामर्श लिनुपर्ने र जथाभावी औषधिको प्रयोग गर्न नहुने सुझाव दिएका छन् ।
के गर्ने ?
–आँखा चिसो पानी वा बरफले सेक्ने
– सफा पानीले आँखा सफा गर्ने
– घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने
– संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने
के नगर्ने ?
– संक्रमित आँखालाई सकेसम्म नचलाउने
– स्कुल,कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने
– अरुले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
– आफूखुशी औषधिको प्रयोग नगर्ने
संवाददाता । शुक्रबार, साउन १९, २०८० मा प्रकाशित