नेपाल बैँकर्स संघ (NBA) कर्णाली प्रदेश कार्य समितीको मिती २०७८ कार्तिक १५ गते बसेको बैठकले निम्न उल्लेखीत ७ सदस्सीय नया कार्य समिती चयन गरेको छ । सो बैठकले एन आई सी एसिया बैँक लि. प्रदेश कार्यालय सुर्खेत का प्रमुख राजन प्रसाद पोखरेल लाई सर्वसहमत रुपले ल्द्यब् कर्णाली प्रदेशको संयोजक चयन गरेको छ । साथै सोही बैठकले सानिमा बैँक लि. प्रदेश कार्यालय सुर्खेत का प्रमुख भोला राज पन्त लाई नव गठित कार्य समिती को सदस्यको रुपमा चयन गरेको छ । संसोधित नव गठित कार्य समितीको नामवली निम्न अनुसार रहेको छ ।
सदस्यहरुको नामवली
नाम पद संस्थाको नाम
१. राजन प्रसाद पोखरेल संयोजक एन आई सी एसिया बैँक लि.
२. विष्णु अर्याल उप-संयोजक ग्लोबल आई एम ई बैँक लि.
३. धर्म राज श्रेष्ठ सदस्य सेन्चुरी कमर्सीयल बैँक लि.
४. विनय गौतम सदस्य सिटीजनस् इन्टरनेस्नल बैँक लि.
५. हिमाल मुडभरी सदस्य कुमारी बैँक लि.
६. भोला राज पन्त सदस्य सानिमा बैँक लि.
७. अभिजीत श्रेष्ठ सचिव सिभिल बैँक लि.
संयोजक का रुपमा चुनीनु भएका राजन प्रसाद पोखरेल १३ बर्ष देखि यस बैँकिङ्ग क्षेत्रमा कार्यरत रहनु भएको छ । एन आई सी एसिया बैँक लि., कणर्ाली प्रदेश को प्रमुख हुनु भन्दा पहिले उहाँ लुम्बिनी प्रदेश-प्रदेश कार्यालय को उप-प्रमुखको कार्यभार सम्हाली रहनु भएको थियो । नव नियुक्त संयोजक राजन प्रसाद पोखरेल का अनुसार यस संघले आगामी दिनहरुमा यस क्षेत्रमा वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य तथा शिक्षा क्षेत्र संग सम्बन्धित कार्यक्रमहरु ल्याईने जानकारी गराउनु भएको छ ।
संवाददाता । बुधबार, कार्तिक १७, २०७८ मा प्रकाशित