Karnali Media
२०८३ जेठ २८ , बिहीबार

भारत कार दुर्घटना : नेपालगन्जका एकै परिवारका ४ सहित ६ जनाको मूत्यु



नेपालगन्ज । नेपालगन्जका एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा मूत्यु भएको छ ।

त्रिभुवन चोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको मूत्यु भएको छ ।


यसै गरी निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि भारत श्रावस्तीको एकाउन्न भन्ने स्थानमा शनिवार राति भएको दुर्घटनामा मूत्यु भएको छ । दुर्घटनामा निधन हुने ६ जना नै नातेदार रहेका छन् ।

दुई परिवारका ६ जनाको मूत्यु भएपछि नेपालगन्ज बजार शोकमा परेको छ । वैभव भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतबार