Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

विमानस्थलबाट बरामद गरिएको सुन ६० केजी ७१६ ग्राम मात्रै



विमानस्थलबाट बरामद गरिएको करिब एक सय किलो बराबर भनिएको अवैध सुन ६० केजी ७१६ ग्राम मात्रै रहेको पाइएको छ।

बरामद गरिएको सुनलाई नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा गालिएको थियो। गालेर जोख्दा सुनको तौल ६० केजी ७१६ ग्राम मात्रै रहेको पाइएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए।

बरामद गरिएको सुनको यकिन तौल पत्ता लगाउन महाशाखाले सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालेको थियो ।


यसअघि सोमबार ब्रेक सुबाट छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको बताइएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भइसकेको अवस्थामा साउन २ गते राजस्व अनुसन्धान विभागले ब्रेक शुसहित ठूलो मात्रामा सुन बरामद गरेको थियो। बरामद गरिएको सुन ब्रेक शुसहित १५५ किलो रहेको थियो।

प्रकाशित मिति : २०८० साउन ३० गते मंगलबार