Karnali Media
२०८३ असार १ , सोमबार

भाइरल गायिका सिम्रनको स्वरमा डा. महेन्द्र मल्लको ‘हाँगा डालीमा’ गीत सार्वजनिक (भिडियो)



सुर्खेत । हाल सामाजिक सञ्जालमा भाइरल बनिरहेकी बागलुङकी नवगायिका सिम्रन परियारको स्वरमा ‘हाँगा डालीमा’ गित सार्वजनिक भएको छ ।

डा. महेन्द्र कुमार मल्लको शब्द, शिब सङ्गीतको संगीत र नितु सिंह ठकुरी व्यवस्थापनमा रहेको ‘हाँगा डालीमा’ बोलको गीत आज सुर्खेतमा एक कार्यक्रमका बीचमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

महेन्द्र कुमार मल्लको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतले सार्वजनिक भएको केही घण्टामा नै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।


सामाजिक सञ्जालमा भाइरल भएसँगै गायनमा अनेकन् अवसर प्राप्त गरिरहेकी सिम्रनको ‘हाँगा डालीमा’ गीत तलको लिंकमा क्लिक गरेर हेर्न सकिनेछ ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधबार