जुम्लामा बेरोजगार युवाहरुलाई बाँदर धपाउने जागिर दिने गरिएको छ । जिल्लाको सिंजा गाउँपालिका ६ भाडगाउँमा बाँदरले बालीनाली नष्ट गर्न थालेपछि बेरोजगार युवालाई बाँदर धपाउने जागिर दिने गरेको पाइएको हो ।
बाँदर आतंक रोक्नका लागि गाउँलेबाटै रकम उठाएर पारिश्रमिक दिने गरी बेरोजगार युवालाई जागिर दिने गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उक्त गाउँपालिकामा बाँदर धपाउने चौकिदार हरेक ६र६ महिनामा फेरिन्छन् । गाउँमा बेरोजगार धेरै भएपछि चौकिदारका रुपमा पारिश्रमिक दिएर उनीहरुलाई नै परिचालन गर्ने गरिएको छ ।
हाल उक्त गाउँपालिकामा बाँदर धपाउने चौकिदारमा ३४ वर्षीय प्रेमबहादुर दमाईलाई नियुक्त गरिएको छ । उनले महिनामा १६ हजार ५ सय रुपैयाँ तलब पाउँछन् । उनको तलबका लागि गाउँका १ सय ६५ घरधुरीले महिनामा एक(एक सय रुपैयाँ उठाउने गरेका छन् ।
संवाददाता । आइतबार, भदौ ०३, २०८० मा प्रकाशित